मकवानपुरको बकैयामा भोलि सार्बजनिक बिदा
फागुन १९, हेटौडा (बकैया) – मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिकाले २० फागुन अर्थात भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । गत फागुन १५ गते बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
माझी समुदायको लदी पर्व (कोशी पूजा)को अबसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । गाउँपालिकाले सूचना प्रकाशन गरि लदी पर्वको अबसरमा सबैलाई शुभकामना व्यक्त गर्दै सार्वजनिक विदाको जानकारी दिएको छ ।
खोलाको किनार तथा माछा मार्न सहज हुने नदि किनारमा माझीहरु मुख्यरुपमा बसोबास गर्ने गर्छन् । बकैया गाउँपालिकाको सिमात र बकैया खोलामा माझी समुदायको बाक्लो उपस्थिति छ । यहाँका माझी समुदायले माघेसंक्रान्तीको दिन खोलामा माछा मारेर दुवाली छेकेर माघेसंक्रान्ति मनाउने चलन छ ।







