कोरोनाको उच्च जोखिममा नेपाल, सभा-सम्मेलन, भोजभतेर र कार्यक्रम नगर्न सरकारको अपिल

तामसालिङ खबर
१९ फाल्गुन २०७६, सोमबार १३:०२

फाल्गुन, काठमाडौ – विश्व स्वास्थ्य संगठनले चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको उच्च जोखिममा नेपाल पनि रहेको चेतावनी दिएपछि सरकारले सतर्कता अपनाउन सुरु गरेको छ ।

आइतबार मात्रै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमै पत्रकार सम्मेलन गरी तत्कालका लागि ठूला सभा–सम्मेलन तथा भोजभतेर सहितका कार्यक्रम नगर्न आग्रह गर्नुभएको छ ।

स्वास्थ्यमन्त्री ढकालले कोरोनाको जोखिम कम गर्न केही समयका लागि सभा–समारोह र भोजभतेर लगाएतका भिडभाड हुने कार्यक्रम नगर्न सबैलाई आग्रह गर्नुभएको हो । पत्रकार सम्मेलन मार्फत काठमाडौंको चन्द्रागिरीमा गर्न लागिएको बहुप्रतिक्षित सगरमाथा सम्वाद कार्यक्रम पनि तत्कालका लागि स्थगित गर्ने मनस्थितिमा पुगेको जानकारी गराइएको छ ।

त्यस्तै, मुलुकलाई विश्वसँग जोड्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँचलाई अझै कडा बनाउँदै गरेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री ढकालले विमानस्थलमा भित्रिने र बाहिरिने सबैको स्वास्थ्य जाँच गरिने जानकारी पनि गराउनुभयो ।

यसका साथै केही समयका लागि विमानस्थल पूरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*