महिला घेदुङ पोखरा महानगरको अध्यक्षमा पवित्रा थोकर

तामसालिङ खबर
२५ फाल्गुन २०७६, आईतवार ०२:३९

फाल्गुन २४, पोखरा – गण्डकी प्रदेशको राजधानी पोखरामा नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर कमिटी गठन भएको छ । ‘तामाङ महिला सशक्तिकरण, हाम्रो अभियान’ नाराका साथ गठन भएको महिला घेदुङ पोखरा महानगर कमिटीको अध्यक्ष पवित्रा थोकर तामाङको नेतृत्वमा १७ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा जयन्ती मोक्तान तामाङ, सचिवमा निमा लामा तामाङ, सहसचिवमा लक्ष्मी ब्लोन तामाङ, कोषाध्यक्षमा सुशिला तामाङ, सह-कोषाध्यक्षमा चन्द्रावती थोकर तामाङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सरु तामाङ, बेली चमेली तामाङ, अञ्जु तामाङ, मुगा तामाङ, बुद्धिमाया तामाङ, बिष्णु तामाङ र सुकमाया तामाङ लगायत रहेका छन् । बाकी सदस्यहरु इकाईबाट प्रतिनीधिहरु समावेश गरिने कमिटीले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेको गण्डकी प्रदेशको संसद धनमाया लामाले गुमेको तामाङ राज्य पुर्नस्थास्पित नगरेसम्म तामाङले पहिचान, अधिकार, समानुपातिक प्रतिनीधित्व, तामाङ जातिय मौलिकताहरुको संरक्षण र विकास गर्न नसक्ने बताउनुभयो ।

कार्यकारीमा नपुगेसम्म पहिचानसहितको संघीयता, तामसालिङ, तमुवान पाइदैन, राज्यसत्तमा महिलाको सहभागीताको अधिकार स्थापित हुदैन, पैत्रिक सम्पत्ति र शिक्षामा महिलाको समान अधिकार प्राप्त गर्न नसकिने मात्रै होइन मुलुक समृद्धितर्फ लम्कने नसक्ने संसद लामाले बताए ।

नेपाल तामाङ महिला घेदुङ कास्कीद्धारा आयोजित कार्यक्रममा मिस तामाङ पोखरा २०२० का विजेता शशिकला तामाङ, फस्ट रनर अप सलिना तामाङ, सेकण्ड रनरअप रेनु तामाङ, भ्युवर च्याइस प्रिन्स तामाङ र कार्यक्रम संयोजक कविता योञ्जनलाई सम्मान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*