कोरोना त्रास – तामाङ घेदुङको नवौं संघीय महाधिबेशन स्थगित

तामसालिङ खबर
२५ फाल्गुन २०७६, आईतवार ०३:४४

फाल्गुन २५, हेटौडा – आउदो चैत २७, २८ र २९ गते काठमाण्डौमा हुने भनिएको नेपाल तामाङ घेदुङको नवौ संघीय महाधिबेशन स्थगित भएको छ । हाल विश्वब्यापी फैलिरहेको कोरोना भाइरसको त्रासका कारण अर्को सुचना जारी नभएसम्मको लागि महाधिबेशन स्थगित गरिएको प्रेस बिज्ञप्ती मार्फत जानकारी गराइएको छ ।

नेपाल सरकारले उच्च सतर्कता अपनाउदै सभा, सम्मेलन जस्ता भिडभाडका कार्यक्रम संचालन नगर्न गरिएको अनुरोधलाई आधार मानी परिस्थिति सहज हुने बित्तिकै सचिबालयको बैठकले मिति तोकेर उपयुक्त समयमा महाधिबेशन गर्ने बिज्ञप्तीमा उल्लेख छ ।

कोरोनाको महामारी पूर्णरुपमा नियन्त्रणमा नआइन्जेल सम्म नेपाल तामाङ घेदुङ र अन्तराष्ट्रिय तामाङ परिषद संग आबद्ध संघ/ संगठनहरुले कुनै पनि भिडभाडयुक्त सभा, सम्मेलन, जस्ता कार्यक्रमहरु नगर्न अनुरोध समेत गरेको छ ।

बिज्ञप्ती हेर्नुहोस –

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*