वैशाखदेखि हेटौंडाबाट वागमती टेलिभिजन प्रसारण हुने

तामसालिङ खबर
२४ फाल्गुन २०७६, शनिबार ११:५८

फाल्गुन २५, हेटौडा – वागमती प्रदेशको राजधानी हेटौंडाबाट नयाँ बर्ष २०७७ वैशाख १ गतेदेखि वागमती टेलिभिजन प्रसारण हुने भएको छ । सञ्चार रजिस्टारको कार्यालय हेटौँडामा आइटिआइ मिडिया प्रालिका नाममा वागमती टेलिभिजन दर्ता भएको छ ।

तीन साताभित्र परीक्षण प्रसारण र नयाँ वर्षदेखि नियमित प्रसारणको तयारी सहित काम भइरहेको वागमती टेलिभिजनका प्रवन्धक रामकुमार एलनले बताउनु भयो । २४ सै घण्टा प्रसारण हुने टेलिभिजनले नेवारी, तामाङ, भोजपुरी, अँग्रेजी र नेपाली भाषमा दैनिक १४ बुलेटिन प्रसारण गर्ने छ ।

हेटौँडामा प्रसारण स्टेसन निर्माण भइरहेको र एउटै प्रसारण गृहबाट टेलिभिजनसँगै नेटवर्क एफएम र नेटवर्क म्युजिक एफएम पनि प्रसारणमा ल्याइने प्रवन्धक मनोज ढोडरीले बताउनु भयो । कम्पनीले दुवै एफमएमको पनि प्रसारण इजाजत लिइसकेको छ ।

हेटौँडाका उद्योगी, व्यवसायी समाजसेवीसहित सर्वसाधारणको ४ करोड रुपैयाँ लगानीमा वागमती टेलिभिजन, नेटवर्क एफएम र नेटवर्क म्युजिक एफएम प्रसारणको तयारी भएको प्रवन्धक तिलक अधिकारीले बताउनु भयो । रेडियो र टेलिभिजनमा ३० पत्रकारसहित ७५ जनाले रोजगारी पाउने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*