मकवानपुरमा यसबर्ष होली खेल्न प्रशासनको रोक
फागुन २५,हेटौंडा – फागुन पुर्णिमा अर्थात् होली खेल्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रतिबन्ध लगाएको छ ।
छिमेकी राष्ट्र चिनबाट देखा परेको कारोना भाईरसलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले सभा, सम्मेलन, सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएसंगै जिल्ला प्रशासन कार्यालयले एक बिज्ञप्ती जारी गर्दै हेटौंडामा होली खेल्न प्रतिबन्ध लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा होली खेल्दा भीडभाड बढने र त्यसबाट भाइरस संक्रमणको जोखिम बढ्न सक्ने भएकोले होलीको कार्यक्रम आयोजना नगर्न र त्यसमा सहभागी नहुन अनुरोध गरेको हो ।
बिज्ञप्ती हेर्नुहोस् –







