विषाक्त घरेलु रक्सी पिउँदा १५ जनाको मृत्यु

तामसालिङ खबर
२ चैत्र २०७६, आईतवार ०८:५१

चैत्र २, धनुषा – धनुषाको क्षीरेश्वरनाथ नगरपालिका – २ रमदैयामा विषाक्त घरेलु रक्सी पिउँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । शुक्रबारसम्म ११ को मृत्यु भएकोमा शनिबार थप चारजनाको ज्यान गएको हो । १२ वर्षअघि १४ भदौ ०६४ मा जनकपुर–३ किशोरीनगर क्षेत्रमा एकैपटक १४ जनाको ज्यान गएको थियो । सबैको रक्सी पिएको २४ घन्टाभित्रै मृत्यु भएको थियो ।

अवैध रूपमा मदिरा बनाउनेहरूले यही केमिकल प्रयोग गर्छन्, जुन विष हो । नेपालमा रङ घोल्न प्रयोग गरिने स्प्रिट खुला सिमानाका कारण सजिलै भित्रिन्छ ।

कसले कुन प्रयोजनमा यस्ता केमिकल प्रयोग गर्छ भन्ने कुनै मापदण्ड छैन । रङ घोल्न प्रयोग हुने यो केमिकल खाँदा कलेजो, मुटु र फोक्सोमा गम्भीर असर गर्छ । पेट पोल्न थाल्छ । आँखाको ज्योति बन्द हुन्छ । जसका कारण सेवनकर्ताको मृत्यु हुन्छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*