तेमालको ठुलाेपर्सेलमा पन्च बुद्धको शिलान्यास

तामसालिङ खबर
१० चैत्र २०७६, सोमबार २२:५४

चैत्र, काठमाडाैँ – काभ्रेकाे तेमाल गाउँपालिका वडा नं. ६ ठुलाे पर्सेलमा गाउँपालिकाकाे परियाेजनामा पन्च बुद्ध निर्माणको अध्यक्ष सलाम सिं तामाङले विशेष पुजा गरी शिलान्यास गरेका छन् । लामा गुरूबाट पुजा गरी ठुलाे पर्सेलकाे बसपार्कमा मुख्य सेन्टरमा पर्ने बुद्धकाे प्रतिमा निर्माणका लागि शिलान्यास गरेका हाे ।

पूर्व फर्कने बुद्ध पर्सेलकाे पुर्खाङ डाँडामा, पश्चिम फर्कने बुद्ध छापकाे रन्छिङ डाँडामा, उत्तर फर्कने बुद्ध च्यान डाँडामा र दक्षिण फर्कने बुद्ध पाेकुवालकाे बस पार्कमा निर्माण गर्ने अध्यक्ष सलाम सिं तामाङले बताए ।

३० लाखको लागतमा पन्च बुद्ध निर्माण कार्य हुने उपभाेक्त समितिका अध्यक्ष डेनि लामाले बताउनु भयाे । वडा अध्यक्ष विकुलाल तामाङले ठुलाे पर्सेलमा पन्च बुद्ध निर्माण कार्य सम्पन्न भएपछि धार्मिक रूपमा ठुलाे पर्सेलकाे अलग पहिचान स्थापित हुने बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*