चितवनमा लकडाउन उल्लंघन गर्ने १० जना पक्राउ
चैत्र, भरतपुर – विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आजदेखि एकहप्तासम्म लागू गरेको लकडाउन उल्लंघन गर्ने १० जना चितवनबाट पक्राउ परेका छन् ।
लकडाउनको अवज्ञा गर्दै बिनाकामकाज घरबाट बाहिर निस्किएका ती व्यक्तिहरूलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चितवनको टाँडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।






