हेटौंडामा ७३ जना स्वास्थ्यकर्मी परीचालन गरिने

तामसालिङ खबर
११ चैत्र २०७६, मंगलवार १२:२६

चैत्र, हेटौडा – हेटौंडा उपमहानगरपालिका क्षेत्र भित्रका स्वास्थ्य चौकीमा ७३ जना स्वास्थ्यकर्मी परीचालन गर्न तयारी अवस्थामा राखिएको छ । कोरोना भाइरसको संक्रमण देखिएमा उपमहानगरपालिकाले हेटौंडा क्षेत्र भित्रका १९ वटै वडाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरस महामारी रोक्न तयारी अवस्थामा राखिएको उपमहानगरपालिकाले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस हेटौंडमा देखा पर्ने वित्तिकै जुन सुकै बेला पनि उनिहरुलाई परिचालन गरिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताएका छन् । उपमहानगरपालिका मातहतका स्वास्थ्यसंस्थामा ७३ जना स्वास्थ्यकर्मी कार्यरत रहेकाले उनीहरुलाई आवस्यकताका आधारमा परिचालन गरिने मेयर महतले वताए ।

कोरोना भाइरसका विरामी देखा पर्ने वित्तिकै बागमती प्रदेश सरकार मातहत रहेको हेटौंडा अस्पताल, क्वारेन्टाइन, आइसोलेसन लगायतका क्षेत्रमा खटाउने तयारी गरीएको मेयर महतले बताए ।

उपमहानगरपालिका कार्यालय देखि वडा कार्यालय सम्मका स्वास्थ्य, सफाइ, खानेपानी, दमकल, नगर प्रहरी बाहेकका कमकर्मचारीलाई मात्र विदा दिएको र अरुलाई अहिले पनि अत्यावस्यक क्षेत्रको काममा खटाइएको जनाइएको छ । विशेषगरी स्वास्थ्य संस्थाका कर्मचारीलाई तयारी अवस्थामा राखिएको मेयर महतको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*