बागमती प्रदेश सरकारले १० करोडको आपतकालीन कोष स्थापना
चैत्र, हेटौंडा – बागमती प्रदेश सरकारले कोरोना भाईरस उपचार कोषको स्थापना गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो ।
बिश्वभर नै महामारीको रुपमा फैलिएको यो रोग नियन्त्रणका लागि विशेष अभियान संचालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले जानकारी दिए ।
उक्त कोषमा रकम जम्मा गर्न सरकारले सर्बसधारणलाई समेत आव्हान गरेको छ । यसैगरी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।






