पर्सामा जुवा खेल्ने ११ जना पक्राउ

तामसालिङ खबर
१७ चैत्र २०७६, सोमबार २२:४५

चैत, पर्सा – सरकारले देशैभर लकडाउन गरेर घरबाहिर ननिस्कन अनुरोध गरेको छ । पछिल्ला केही दिनयता त अनुरोध मात्र होइन, प्रहरीले त्यसरी लकडाउन उल्लंघन गर्नेलाई धमाधम कारबाही पनि गर्न थालेको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमण न्यूनीकरण गर्न सरकारले मुलुकभर लकडाउन लगाए पनि पर्सामा भने समूह बनाएर जुवा खेलिरहेका ११ जना पक्राउ परेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ५७ हजार २ सय ९० रुपैयाँ नगद पनि बरामद भएको पर्साका डिएसपी वीरेन्द्रबहादुर शाहीले बताए । उनीहरु सबै पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ सखुनीया टोलका रहेका प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*