कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउन निजी अस्पताललाई सर्वोच्चको आदेश
चैत्र, काठमाण्डौ – सर्वोच्च अदालतले निजी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचार व्यवस्था मिलाउन आदेश दिएको छ ।
अदालतले मंगलबार जारी गरेको आदेशमा कुनैपनि बहानामा कोरोना भाइरस संक्रमणको उपचार गर्नबाट पन्छिने छुट निजी अस्पताललाई नरहेको भन्दै उपचार गर्ने व्यवस्था मिलाउन भनेको हो ।
अधिवक्ता पुष्पराज पौडेल लगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो । आदेशमा सबै निजी स्वास्थ्य संस्थाले कोरोना संक्रमणको उपचार गर्ने व्यवस्था मिलाउन भनिएको छ ।






