विपद् व्यवस्थापन उपसमिति हेटौंडा १५ मा गठन
चैत्र, हेटौडा – हेटौंडा उपमहानगरपालिका १५ मा मंगलबार २ स्थानमा विपद् व्यवस्थापन उपसमिति गठन गरिएको छ । दुईवटा फरक फरक स्थानहरु जाँते र वडाको तल्लो क्षेत्र फायरलाइनमा ती उपसमितिहरु गठन भएको हो ।
जाँतेमा वडा सदस्य पातलीमाया गोङबाको नेतृत्वमा २२ सदस्यीय र फायरलाइनमा वडा सदस्य मिनु विकको नेतृत्वमा २३ सदस्यीय उपसमिति गठन भएको हो ।
यसअघि वडाध्यक्ष महारत्न लामाको नेतृत्वमा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन भइसकेको छ । हाल विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणबारे, सचेतना, सहयोगकालागि उपसमिति गठन गरिएको समितिका सदस्य सचिव शेरबहादुर ब्लोनले जानकारी दिए ।
वैदेशिक रोजगारका क्रममा भर्खरै फर्किएका स्थानियहरुको पहिचान तथा तथ्याङ्क संकलन, होम क्वारेन्टाइन्मा रहनकालागि सल्लाह दिने, कोरोनाबाट बच्ने उपायहरुका बारेमा स्थानियलाई प्रचार प्रसार गर्ने, वडाभित्र रहेका दैनिक मजदुर, विपन्न परिवारलाई राहत सहयोगकालागि पहल, सहजिकरण गर्ने कार्य समिति तथा उपसमितिले गर्ने बताइएको छ ।






