हेटौडा वडा नम्बर ४ मा ३ सय ५० पोका खाद्यान्न वितरण

तामसालिङ खबर
२१ चैत्र २०७६, शुक्रबार ०८:२२

चैत्र, हेटौंडा – हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडामा दैनिक ज्यालादारी, मजदुरी गर्ने परिवारका ३ सय ५० पोका खाद्यान्न सहयोग भएको छ ।

४ नम्बर वडाध्यक्ष नविन सिग्देलको समन्वयमा विभिन्न संघस्थाहरुले एकपोकामा १० किलो चामल, एक किलो दाल, आधा लिटर तेल, एक पोका नुन, एउटा साबुन र एउटा लामखुट्टे धुप वितरण भएको हो । उक्त प्रति पोकामा बटाईको २० वटा अण्डा पनि दिइएको र यसको सौजन्य सर्युको नेपाल पोल्ट्री फर्मले गरेको वडाध्यक्ष सिग्देलले बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, रोटरी क्लब, रोट्रयाक क्लब, डिलर एशोसिएसन, नारायणी यातायात व्यवसायी संघ, साईराम सेवा समिति, लायन्स क्लब, प्रतिभा नगर टोल विकास संस्था लगायत सहयोग गरेको वडाध्यक्ष सिग्देलले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*