बैशाख ५ गते सम्म लकडाउन थपिने संकेत
चैत्र, काठमाडौं – लकडाउनको अवधि पुन: थपिने संकेत देखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिका अधिकारीले पुन: एक साता लकडाउन थपिए कोरोनाको प्रकोप निमिट्यान्न हुने सल्लाह गरिरहेको र सोहि अनुसार बैठकमा निर्णय गरी मन्त्री परिषदमा पठाउन लागिएको स्रोतले जनाएको छ ।
‘अस्ति पनि १४ दिन सम्म समय थप्न छलफल भएको थियो । ७ दिन थपेर हेरौं भन्ने छलफल भएको थियो । तर अझै पनि जोखिम छ । एक हप्ता पुन थपेर अगाडी बढ्नुपर्छ भन्ने छलफल जारी छ । अर्को एक हप्ताको लागि अवधि थपिने सम्भावना उच्च छ । अव प्रधानमन्त्रीले के भन्नुहुन्छ भन्ने कुरा हो ।’ एक मन्त्रीले भने ।
जसरी हुन्छ नेपालमा कोरोना रोकथाम गर्ने सरकारको उद्देश्य रहेको उनको भनाइ छ । ‘केहि समय लकडाउनको अवधि थपेर केहि बिग्रिंदिन । जनताको स्वास्थ्य भन्दा ठुलो कुरा केहि हुन सक्दैन ।’ उनले भने । उनका अनुसार बैशाख ५ गते सम्म लकडाउनको समय थप्ने तयारी छ । – अर्थ सरोकार






