मकवानपुरमा विदेशबाट आउने सबैको पहिचान

तामसालिङ खबर
२५ चैत्र २०७६, मंगलवार ०८:४८

चैत्र, हेटौडा – कोरोना भाईरस संक्रमणको समयमा मकवानपुरमा विदेशबाट आउने ४ सय २४ जनाको पहिचान भएको छ । जसमध्ये सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकामा रहेका छन् । हेटौँडामा एक सय ८४ जना विदेशबाट आएकाहरुको पहिचान भएको मेयर हरिबहादुर महतले जानकारी दिए ।

त्यस्तै, थाहा नगरपालिकामा ८४ जना, कैलाश गाउँपालिकामा ६ जना, इन्द्रसरोवर गाउँपालिकामा १६ जना, मनहरी गाउँपालिकामा ६९ जना, राक्सीराङ गाउँपालिकामा ७ जना, मकवानपुर गढी गाउँपालिकामा ५ जना, वकैयाँ गाउँपालिकामा १२ जना र बागमती गाउँपालिकामा २४ जनाको पहिचान भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*