अग्रवाललाई सात दिन हिरासतमा राख्न अनुमति

तामसालिङ खबर
२६ चैत्र २०७६, बुधबार २२:३८

चैत्र, हेटौडा – व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।

मंगलबार स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल पक्राउ परेका थिए । शंकर ग्रुपका सन्चालक अग्रवाललाई ज्वरो नाप्ने थर्मल गन लगायतका स्वास्थ्य सामग्री चीनबाट ल्याएर महँगोमा बेचेको आरोप लागेको छ ।

उनी कूटनीतिक नियोगको गाडी चढेर स्वास्थ्य सामग्री बिक्रीका लागि नक्साल पुगेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीको दाबी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*