स्वाब संकलन गर्न गाउगाउमा खटिए, स्वास्थ्यकर्मी

तामसालिङ खबर
३० चैत्र २०७६, आईतवार १३:२१

चैत्र, गोरखा – गोरखा जिल्लाका विभिन्न गाउँमा विदेशबाट आएकाहरुको स्वाब संकलन कार्य सुरु भएको छ । शनिबार बारपाक सुलीकोट गाउँपालिका र धार्चेको दुई जनाको घाँटीको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

बारपाक सुलीकोट गाउँपालिका १ र २ मा दुबई, भारत र चितवनबाट आएर होम क्वारेण्टाइनमा बसेकाको स्वाब संकलन गरिएको कार्यालयकी प्रमुख विद्या तामाङले जानकारी दिइन् । स्वाब नमूना संकलनका लागि स्वास्थ्य कार्यालय गोरखाका चार जना स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताइन् ।

त्यस्तै धार्चे गाउँपालिका ३ मा गुल्मीमा नेपाली सेनाले सडक निर्माण गरेको ठाउँमा काम गर्न गएर फर्केका दुई जनाको स्वाब संकलन गरिएको छ । गोरखा अस्पतालबाट आएका स्वास्थ्यकर्मीको टोलीले माछाखोलामा पुगेर स्वाब संकलन गरेको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।

यसअघि शहीद लखन गाउँपालिका २ मनकामनामा भारतबाट आएका तीन जनाको घाँटीको स्वाब परीक्षण गरिएको थियो । सोमबार गोरखा नगरपालिकाबाट र्‍यापिड डाइग्नोस्टिक टेष्ट(आरडिटी) को काम सुरु गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*