लकडाउनको बेला मनहरीमा चर्च सञ्चालन गर्ने पास्टरहरु पक्राउ

तामसालिङ खबर
२९ चैत्र २०७६, शनिबार १९:०७

चैत्र, हेटौडा (मनहरी) – कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको बन्दाबन्दीको बेवास्ता गर्दै शनिबारको दिन चर्च सञ्चालन गरिरहेका अबस्थामा मनहरी गाउँपालिकाको ३ जना पास्टरहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका पास्टरहरु मनहरी र सिमपानी तर्फका रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय मनहरीले पक्राउ परेका पास्टरहरुलाई आगामी दिनमा लक डाउन पूर्ण रुपमा कार्यान्वयन गराउने सर्तनामा गराई छाडिएको जनाएको छ ।

सरकारले लक डाउनको पूर्ण कार्यान्वयन गर्नका लागि आम नागरिकलाई भीडभाड हुने ठाउँमा नजाने, घरमै बस्ने निर्देशन जारी गरेपनि अटेर गरी चर्च सञ्चालन गरिरहेकाले पक्राउ गरी सचेत पारिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो । मनहरीलाइभ बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*