मकवानपुरमा खाद्यान्न तथा तरकारी किनमेल गर्ने समय परिबर्तन
चैत्र, हेटौडा – लकडाउनको समयमा खाद्यान्न तथा तरकारी किन्ने बहानामा हेटौंडा बजार भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले किनमेलको समय घटाएको छ । किनमेलको समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहेको थियो ।
आज आइतबार बिहान बसेको बैठकले किनमेल गर्ने समय परिवर्तन गरेको छ । बैठकले खरिद विक्रीको समय २ घण्टा घटाएर विहान १० बजे देखि दिउँसो १ बजे सम्म तोकिएको छ ।






