नौ राजदुतले एक महिनाको तलब जम्मा गर्ने घोषणा
चैत्र, काठमाडौं – मध्यपूर्व तथा खाडी मुलुकमा कार्यरत ९ जना नेपाली राजदूतले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् ।
युएई, इजरायल, इजिप्ट, पाकिस्तान, बहराइन, कतार, ओमान, कुवेत र साउदी अरेवियामा कार्यरत नेपाली राजदूतले आफ्नो एक महिना बराबरको तलब जम्मा गर्ने निर्णय गरेका हुन् ।
युएइका राजदुत कृष्णप्रसाद ढकाल, ओमानका शर्मिला पराजुली ढकाल, इजरायलका डा. अन्जान शाक्य, इजिप्टका झविन्द्रप्रसाद अर्याल, कतारका नारथनाथ भारद्वाज, कुवेतका दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका सेवा लम्साल, बहराइनका पदम सुन्दास र साउदी अरेबियाका राजदुत प्रा.डा. महेन्द्र प्रसाद सिंह राजपुतले सहयोग गर्ने घोषणा गरेका छन् ।






