कोरोना संक्रमण अन्त्य नहुन्जेल प्रधानमन्त्री ओलीले पारिश्रमिक नलिने घोषणा
बैशाख १, काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको अन्त्य नभए सम्मको लागि आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् ।
नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफ्नो पारिश्रमिक (कोभिड–१९) प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको बताए ।
‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभए सम्म मैले आफ्नो पारिश्रमिक कोभिड-१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको प्रधानमन्त्री ओलीले भने ।’






