बाग्लुङमा थप एक जनामा कोरोना भेटियो, पुनः परीक्षण गरिदै

तामसालिङ खबर
१ बैशाख २०७७, सोमबार १३:३४

बैशाख १, बाग्लुङ – गण्डकी प्रदेशको बाग्लुङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । बागलुङमा र्‍यापिड डाइग्नोष्टिक टेष्टमा थप एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो ।

काठेखोला गाउँपालिकामा ५७ जनाको द्रुत परीक्षण गरिएकोमा एक ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको जनस्वास्थ्य अधिकृत सुरज गुरौले जानकारी दिए ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि पुनः स्वाब संकलन गरी पोखरा पठाउने तयारी गरिएको बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिए।

पोजेटिभ देखिएपछि ती महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ। उनी केहि साताअघि मात्रै भारतको तिर्थयात्रा गएर फर्किएकी हुन् ।        – थाहा खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*