हेटौडामा मंगलबार देखी लकडाउनको थप कडाई, बिहान ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न पाईने

तामसालिङ खबर
१ बैशाख २०७७, सोमबार १६:२७

बैशाख १, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौडामा लकडाउनको थप कडाइ हुने भएको छ । हेटौडामा लकडाउनको तिब्र उल्लङ्घन बढेपछि जिल्ला प्रशासन कार्यलय मकवानपुरमा सोमबार बसेको कमाण्ड पोष्टको बैठकले मंगलबार(भोलि) देखी सवारी साधन आवत जावतमा र हिडडुलमा थप कडा गर्ने निर्णय गरेको छ ।

कमाण्ड पोष्टको बैठकको निर्णय अनुसार अनुमतिपत्र आवाश्यक नपर्ने सवारी साधनहरु बाहेक जिल्ला प्रशासन कार्यलयबाट अनुमती प्राप्त नभएका सवारीसाधनहरुलाई थप कडिकडाउ पार्ने, दुग्ध तथा दुग्ध जन्य पदार्थ मात्र बिक्री बितरण गर्ने डेरी पसलहरु तथा खाद्यान्न सामाग्री लगायतका सबै पसलहरु अब बिहान ६ बजे देखि ९ बजे सम्म मात्र खोल्न खोल्न पाईने निर्णय गरीएको छ ।

यसअघि विहान १० बजेदेखि १ बजेसम्म किनमेलको समय तोकेको प्रशासनले मंगलबारबाट विहान ९ बजेभित्र खाद्यान्न र तरकारी किनमेल गरिसक्न अनुरोध गरेको छ । मकवानपुर उधोग बाणिज्य संघले टोल-टोलमा खाधन्न तथा तरकारी बिक्री बितरणको ब्यबस्था मिलाउने निणर्य समेत गरिएको    छ ।

त्यस्तै, तराई हुँदै मकवानपुर प्रवेश गर्ने अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई हेटौंडा उपमहानगरपालिकाले डिस्इन्फेक्सन स्प्रे गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । उपभोक्तालाई स्थानीय स्तरमै किनमेलका लागि गाउँ-गाउँमै व्यवस्था मिलाउन मकवानपुर उद्योग बाणिज्य संघलाई समन्वयको जिम्मा दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*