आजबाट हेटौंडामा लकडाउन थप कडाई

खाद्यान्न र तरकारी पसल विहान ९ बजेसम्म खुल्ने
तामसालिङ खबर
२ बैशाख २०७७, मंगलवार ०८:०६

बैशाख २, हेटौडा – बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट लक डाउन कडाई पारिएको छ । हेटौडामा लकडाउनको तिब्र उल्लङ्घन बढेपछि जिल्ला प्रशासन कार्यलय मकवानपुरमा सोमबार बसेको कमाण्ड पोष्टको बैठकले मंगलबार (आज) बाट सवारी साधन आवत जावतमा र हिडडुलमा थप कडा गर्ने निर्णय गरेको छ ।

वीरगंजमा तीन जना भारतीय नागरिकमा कोरोना भाईरस पोजेटिभ देखिएपछि संक्रमणको जोखिम बढ्नसक्ने भएकाले लकडाउन कडा बनाउने कमाण्ड पोष्टको बैठकले निर्णय गरेको हो । आजबाट सवारी आवत जावतमा थप कडाई गरिएको छ । अनुमतिपत्र आवश्यक नपर्ने सवारीसाधन बाहेक जिल्ला प्रशासन कार्यालयबाट अनुमती प्राप्त नभएका सवारी साधनलाई निषेध गरिएको छ ।

अनुमतिपत्र आवाश्यक नपर्ने सवारी साधनहरु बाहेक जिल्ला प्रशासन कार्यलयबाट अनुमती प्राप्त नभएका सवारीसाधनहरुलाई थप कडिकडाउ पार्ने, दुग्ध तथा दुग्ध जन्य पदार्थ मात्र बिक्री बितरण गर्ने डेरी पसलहरु तथा खाद्यान्न सामाग्री लगायतका सबै पसलहरु बिहान ६ बजे देखि ९ बजे सम्म मात्र खोल्न खोल्न पाईने निर्णय गरीएको छ ।

त्यस्तै, तराई हुँदै मकवानपुर प्रवेश गर्ने अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधनलाई हेटौंडा उपमहानगरपालिकाले डिस्इन्फेक्सन स्प्रे गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । उपभोक्तालाई स्थानीय स्तरमै किनमेलका लागि गाउँ-गाउँमै व्यवस्था मिलाउन मकवानपुर उद्योग बाणिज्य संघलाई समन्वयको जिम्मा दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*