मनहरीको वडा ५ मा हुरीबतास र असिनापानीको बितण्ड (फोटो फिचर)
बैशाख ६, हेटौंडा (मनहरी) – शुक्रबार राति बितण्ड मच्चाउने गरि आएको हावाहुरी सहितको असिनापानीले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ मा घर सहित बालीनालीमा ठूलो क्षति पुर्याएको छ ।

तस्बिर:- रबिन न्यौपाने
मकवानपुरको तरकारीको पकट क्षेत्र मानिने रुन्चेडाँडा, बसन्तपुर, डिल्लीपुर, दर्दरा लगायतको क्षेत्रमा असिनापानी सहितको हावाहुरीले तरकारी तथा अन्नबालीमा समेत क्षति पुर्याउँएको छ । गाउँमा अधिकांश बिजुलीका पोल भाँचिए पछि शुक्रबार राति देखि नै सो स्थानमा विद्युत अवरुद्ध भएको छ ।

तस्बिर:- रबिन न्यौपाने
त्यस्तै, अधिकांशको घरको छाना उढाएको र अन्नपात सबै नष्ट भएको स्थानीय रबिन न्यौपानेले बताए । घरको छाना उढाएको कारण केहि मानिसहरु घाइते भएको छ । कुखुरा फर्ममा रहेको अधिकांश कुखुरा, सहित चराचुरुंगी समेत मरेको छ । घरको पर्खाल भत्केर गम्भीर घाइते भएको एक जना शुक्रबार राति नै भरतपुर पठाइसकेको वडा नम्बर ५ को वडाध्यक्ष शुभराज थिङले बताउनु भयो ।

तस्बिर:- फुर्साङ रुम्बा लामा
क्षतिको विवरण संकलनको लागि अहिले गाउपालिकाको प्रतिनिधि, प्रहरी, सहित हामी गाउमा छौ, उनले भने । क्षतिको पूर्ण विवरण आउन अझै ३-४ घण्टा लाग्ने वडाध्यक्ष थिङले बताउनु भयो ।
(तस्बिरहरु :- रबिन न्यौपाने, फुर्साङ रुम्बा लामा, कृष्ण लामिछाने)

तस्बिर:- फुर्साङ रुम्बा लामा

तस्बिर:- रबिन न्यौपाने

तस्बिर:- फुर्साङ रुम्बा लामा

तस्बिर:- कृष्ण लामिछाने

तस्बिर:- कृष्ण लामिछाने

तस्बिर:- रबिन न्यौपाने

तस्बिर:- फुर्साङ रुम्बा लामा

तस्बिर:- फुर्साङ रुम्बा लामा

तस्बिर:- रबिन न्यौपाने






