कोरोनाको सफल उपचारपछि १९ बर्षीय युवती घर फर्किए

तामसालिङ खबर
६ बैशाख २०७७, शनिबार १७:२८

बैशाख ६, काठमाण्डौ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएका काठमाडौंकी १९ वर्षीया युवती उपचार सफल भएपछि शनिबार घर फर्किएकी छिन् । संक्रमित ति युवती पूर्ण स्वस्थ भएर घर फर्किएकी हुन् । उनको लगातार चार पटक कोभिड-१९ ‘नेगेटिभ’ आएपछि बिरामीको सबै अवस्था राम्रो भएपछि घर फर्काइएको (डिस्चार्ज) बताए ।

उनलाई २७ दिन सम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरेर शनिबार घर फर्काइएको हो । फ्रान्सबाट गत चैत ४ गते नेपाल आएकी उनलाई चैत १० गते संक्रमण देखिएपछि अस्पताल भर्न गरी ‘आइसोलेसन’मा उपचार हुँदै आएको थियो ।

उनि कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित भएर उपचारपछि निको भएर घर फर्किने दोस्रो ब्यक्ति बनेकी छन् । कतार एयरकाे विभानमा फ्रान्सबाट दाेहा हुँदै काठमाडाैं अएकी उनकी भियतनामी साथिलाई संक्रमण भएपछि उनको स्वास्थ्य परीक्षण गर्दा उनमा पनि संक्रमण पाइए पछि अस्पताल भर्ना गरिएकाे थियाे ।

यसअघि, चीनको बुहानबाट आएका अर्का एकजनालाई पनि संक्रमण देखिएपछि सोही अस्पतालमा नै उपचारपश्चात् स्वस्थ भएर घर फर्काइएको थियो । अब सो अस्पतालमा दुई पुरुषको मात्र उपचार भइरहेको छ । नेपालमा अहिलेसम्म संक्रमितको संख्या ३० पुगेको छ । शुक्रबार उदयपुरमा १२ र चितवनमा दुईजनामा संक्रमण देखिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*