हेटौंडामा असिनापानी सहित भारी वर्षा
बैशाख ७, हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा आइतबार दिउँसो असिनापानी सहितको वर्षा भइरहेको छ । असिनापानीका कारण हेटौडा लगायत आसपासको क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभावले हेटौंडा लगायत देशका विभिन्न स्थानमा मेघ गर्जन सहित भारी बर्षा भएको जनाएको छ । महाशाखाका अनुसार चट्याङले मानविय क्षतिपु¥यान सक्ने भन्दै सर्तक रहन समेत आग्रह गरेको छ ।
त्यस्तै, शुक्रबार राति परेको असिनापानी र हावाहुरीले मनहरी गाउपालिका वडा नम्बर -५ डिल्लीपुर, बसन्तपुर, लगायतका क्षेत्रमा घरको छान उडाउनुका साथै तरकारी, अन्नबाली नष्ट भएको छ । भने फर्ममा रहेका कुखुरा समेत मरेका थिए ।






