पर्सामा राहत लुट्ने पाँच पक्राउ
बैशाख ७, पर्सा(पर्सागढ़ी) – राहत वितरण गर्ने स्थानमा राहत वितरण गर्ने व्यक्तिमाथि हातपात गरी राहत सामग्री लुटपाट गरेको आरोपमा पर्सामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्सागढी नगरपालिका–५ पचरुखी टोल २८ वर्षीय श्यामकुमार शर्मा, १८ वर्षीय सम्सुल हवारी, २२ वर्षीय चन्द्रकिशोर साह, ४० वर्षीय चन्द्रिका पटेल र ५५ वर्षीय दर्शन रायभर रहेका छन् ।
पचरुखी टोलमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्ने मानिसहरुलाई राहत वितरण गर्ने क्रममा राहत लिन आएका बेला राहत बाँड्ने व्यक्तिमाथि हातपात गरेको आरोप उनीहरु माथि छ । उनीहरुले राहत सामग्री समेत लुटेर लगेको ईलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीले जनाएको छ ।






