रामेछापमा अचार खाँदा ९ जना विरामी

तामसालिङ खबर
७ बैशाख २०७७, आईतवार १८:१६

बैशाख ७, रामेछाप – रामेछापको मन्थलीमा श्राद्धमा बनाएको अचार खाँदा ९ जना विरामी भएका छन् । मन्थली नगरपालिका वडा नम्बर १ कुडहरका कमलप्रसाद घिमिरेमा भएको श्राममा अचार खाएका ९ जना विरामी परेका हुन् ।

उनीहरुको मन्थली तामाकोशी अस्पतालमा उपचार भईरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । शुक्रबार भएको श्रद्धामा केराउको अचार खाएका उनीहरुमा झाडाबान्ता र ज्वरो आएपछि अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*