पार्टी नेतालाई काठमाडौं नछाड्न प्रचण्डको निर्देशन

तामसालिङ खबर
९ बैशाख २०७७, मंगलवार ०८:३९

वैशाख ९, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका आफूनिकट नेताहरूलाई राजधानी नछाड्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दल मध्ये एकमा ४० प्रतिशत मत पुर्‍याएर दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याउने निर्णय गरेपछि धेरै नेताहरूले यसबारे प्रचण्डसँग चासो राखेका थिए ।

जवाफमा प्रचण्डले यस विषयमा छलफल चलिरहेको भन्दै राजधानी नछाड्न आफूनिकट नेताहरूलाई निर्देशन दिएको एक नेताले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*