एसएसपी बसन्त कुमार लामा डीआईजीमा बढुवा

तामसालिङ खबर
३० चैत्र २०७६, आईतवार ०९:५२

चैत्र ३०, काठमाण्डौ – नेपाल प्रहरीका एसएसपी बसन्त कुमार लामालाई नेपाल सरकारले डीआईजी (प्रहरी नायब महानिरीक्षक)मा बढुवा भएको छ । उनीसहित १० जना एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

शुक्रबार राति गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले २०७४ साउनमा र २०७५ जेठमा एसएसपी भएकाहरु मध्येबाट डीआईजीमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव शैलेश थापा क्षेत्रीले जानकारी दिएका हुन् ।

डीआईजी बढुवाका लागि सिफारिस हुनेमा ८ जना २०७४ साउनमा एसएसपी भएका र दुई जना २०७५ जेठमा एसएसपी भएका हुन् । वरीयता क्रमअनुसार घनश्याम अर्याल पहिलो नम्बरमा सिफारिस हुँदा प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुलबहादुर थापा क्रमशः सिफारिसमा परेका छन्।

धिरजप्रताप सिंह, वसन्त कुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी र अरुणकुमार बीसीलाई डीआईजी बढुवाका लागि सिफारिस गरिएको हो । नेपाल प्रहरीमा पहिलेको दरबन्दीअनुसार २२ जना डीआईजीको पद रिक्त भए पनि १२ जनाको दरबन्दी काटौती भएपछि १० जना सिफारिस गरिएको हो ।

अहिले चार जना डीआईजी कार्यरत छन् । डीआईजीहरु निरज शाही, प्रद्युम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोख्रेल कार्यरत छन् । कार्की प्रदेश २ मा, शाही सीआईबीमा, उपाध्याय प्रधान कार्यालयमा र पोख्रेल महानगरीय प्रहरी कार्यालयमा कार्यरत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*