बागमती प्रदेश छिर्ने नाका रातोमाटेमा सेनेटाईजर मेसिन जडान

तामसालिङ खबर
१३ बैशाख २०७७, शनिबार ०५:५३

बैशाख १३, हेटौंडा – बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि बागमती प्रदेश भित्रीने यात्रुहरूलाई सेनेटाईज गरेर भित्र्याउने व्यवस्था गरेको छ । शुक्रबार प्रदेशको नाका रातोमाटेमा अटोमेटिक सनेटाईजर मेसिनको बागमती प्रदेशका मुख्यमन्त्रीले सुरुवात गर्नुभएको छ ।

रातोमाटे हुँदै हेटौंडा प्रवेश गर्ने यात्रु, चालक, सहचालक लगायतलाई अनिवार्य सेनेटाईज गर्न मुख्यमन्त्री पौडेलले निर्देशन दिनुभएको छ । एक पटकमा ४ जनालाई सेनेटाईज गर्न सकिने भएपनी भौतिक दुरी कायम गरि सेनेटाईज गरीने हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिनुभयो ।

नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरिएका मेसिनको २ सय लिटर क्षमता रहेको र २ हजार जनालाई सेनेटाईज गर्न सकिने जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*