आज दिनभर हल्का वर्षा हुने

तामसालिङ खबर
१३ बैशाख २०७७, शनिबार ०९:१९

बैशाख १३, काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज पनि देशैभर हल्का बर्षा हुनसक्ने महाशाखाले जनाएको छ । स्थानीय वायुको साथ साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भए अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थान, मध्य र पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति पश्चिमी पहाडी भू-भाग, मध्य र पूर्वी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*