मकवानपुर क्याम्पसले अनलाइनको माद्यमबाट कक्षा सञ्चालन
बैशाख १३, हेटौडा – कोरोना संक्रमण तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि पठनपाठनमा समस्या भएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसले अनलाइन कक्षा सुरु गरेको छ ।
मकवानपुर क्याम्पसमा बीबीए र बीबीएम कक्षा अनलाइनबाट संचालन भइरहेको कार्यक्रम निर्देशक मधुकुमार सिंहले बताए । बीबीए र बीबीएमका विद्यार्थीहरुबीच अनलाइनको माध्यमबाट कक्षा संचालन भइरहेको छ । २ सय ५० विद्यार्थी बीबीए र बीबीएममा अध्ययनरत छन् ।






