भीमफेदीको पुरुषको कोरोना रिपोर्ट नेगेटिभ

तामसालिङ खबर
२३ बैशाख २०७७, मंगलवार १८:०२

बैशाख २३, हेटौडा (भीमफेदी) – मकवानपुरको भीमफेदीमा सोमबार एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएका एक पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । हेटौंडामा गरिएको पीसीआर परीक्षणमा पुरुषको रिपोर्ट नेगेटिभ देखिएको हो ।

सोमबार प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदीले दुई जनाको आरडीटी परीक्षण गरेको थियो । परीक्षण गराएका मध्ये उनको रिपोर्ट एन्टिबडी (आरडीटी) पोजेटिभ देखिएको थियो । उनी गाउँपालिकामा कार्यरत कर्मचारी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*