कैलाश गाउपालिकाले पाए, स्वास्थ्य सामग्री
बैशाख १९, कैलाश – मकवानपुरको कैलाश गाउपालिकाले स्वास्थ्य सामग्री पाएको छ । सीसीडीएन र प्राक्टिकल एक्सनले कैलाशलाई ठूलो परिमाणको स्वास्थ्य सामग्री दिएको हो ।
कैलाश गाउँपालिकालाई प्राप्त भएको सामग्रीहरुमा पूर्ण सुरक्षा सहितको पिपिई सेट २२ थान रहेको छ । त्यस्तै, २५० थान सर्जिकल ग्लोभ्स, इन्फ्रारेड थर्माेमिटर १२ थान, सर्जिकल मास्क २ हजार ५ सय थान, केएन ९५ मास्क ४५ थान, डिजिटल थर्माेमिटर १३ थान र २७२ थान स्यानिटाइजर रहेको छ ।
गाउँमा जटिल अबस्थामा स्वास्थयकर्मीहरु निश्चित स्रोत साधनमा काम गरिरहनु परेको अबस्थामा सीसीडीएन र प्राक्टिकल एक्सनले सहयोग गरेपछि स्थानीय सरकारले ठूलो राहत महसुस गरेको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले बताउनुभयो ।
सामग्री प्राप्त भएपछि अब ५ वटै स्वास्थ्य चौकीहरुमा ज्वरो जाँच केन्द्र स्थापना गरिने र थर्मल गनको सहयोगबाट ज्वरो नाप्ने प्रक्रियालाई सहज बनाइने अध्यक्ष मुक्तानले बताए ।
त्यस्तै, अधिक मानिसहरुको आवत जावत हुने स्थानहरुमा स्यानिटाइजर, मास्क तथा क्वारेन्टाइनहरुमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई पिपिई समेत प्रयोग गर्ने अबसर मिलेकामा अध्यक्ष मुक्तानले सहयोगीहरु प्रति आभार ब्यक्त गर्नुभयो । प्राप्त भएका स्वास्थ्य सामग्री सम्बन्धित स्वास्थ्य संस्थाहरुमा पठाउने प्रक्रिया सुरु भएको छ । बर्षातका कारण सबै स्थानमा सामग्री पठाउन समस्या भएको बताइएको छ ।
यसअघि गाउँपालिकाले थर्मल गनको अभावमा नामटारमा मात्रै ज्वरो जाँच क्लिनिक संचालन गरिरहेको थियो भने विभिन्न स्थानमा रहेका स्वास्थ्य चौकीहरुमा पुगी ¥यापिड टेस्ट अभियान चलाएको थियो ।






