लकडाउन जेठ ५ गते सम्म लम्ब्याउने मन्त्रिपरिषदको निर्णय
वैशाख २४, काठमाडौं – सरकारले लकडाउन (बन्दाबन्दी) लाई जेठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा (आज) बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गते सम्म थप्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिने उद्देश्यले सरकारले चैत ११ देखि देशभरि अत्यावश्यकबाहेक अन्य काममा हिँडडुल र सवारीसाधन प्रयोग गर्न रोक लगाएको थियो । त्यसपछि लकडाउनको अवधि पटक-पटक थप गरिएको थियो ।
यसअघि १० दिन थपिएको लकडाउनको अवधि बिहीवार मध्यरात सम्म कायम थियो । लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । भने, २२ जना कोरोना संक्रमित निको भै घर फर्किएका छन् ।






