बुद्धजयन्तीको अबसरमा भोली सार्वजानिक विदा

तामसालिङ खबर
२४ बैशाख २०७७, बुधबार १७:२२

बैशाख २४, हेटौडा – सरकारले भोली बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २५६४ औ बुद्ध जयन्तीको अवसरमा गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै विदा दिने निर्णय गरेको हो ।

बुद्ध जयन्ती (बैशाख पूर्णिमा/चण्डी पूर्णिमा) परेकाले बिहीबार मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको सूचनामा भनिएको छ ।

२०७६ चैत्र ९ गते बसेको मन्त्रिपरिषद्को निर्णयानुसार यस वर्षको चैत्र मसान्त सम्म वर्षभरी दिईने सार्वजानिक, पर्व एंव सट्टा विदा र कार्यालय समय निर्धारण भई सुचना पनि प्रकाशन भएकोले २५ गते सार्वजानिक विदा रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*