बेलायतमा लकडाउन खुकुलो बनाउन तीन चरणको योजना
बैशाख २४, लन्डन – संयुक्त अधिराज्य बेलायतले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी गरिएको लकडाउन सहज बनाउने तीन चरणको योजना बनाएको छ । द टाइम्स न्युज पेपरका अनुसार बेलायतले मार्च अन्तिमदेखि सुरु भएको लकडाउनलाई सहज बनाउने तीन चरणको योजना बनाएको छ ।
दी टाइम्सका अनुसार सरकारले लकडाउनका उपायहरु बिहीबार समीक्षा गर्नुपर्ने भए पनि लकडाउन खुकुलो बनाउँदा दोस्रो लहरको कोरोना संक्रमणको प्रकोप फैलिनसक्नेप्रति प्रधानमन्त्री बोरिस जोन्सनले चिन्ता व्यक्त गरेका छन् ।
कडाउन खुकुलो बनाउने तीन चरणको योजनाअन्तर्गत पहिलो चरणमा साना पसलहरु र घरबाहिर काम गर्न दिइने बताइएको छ । दोस्रो चरणमा ठूलो सपिङ सेन्टरहरु खुला गरिने र मानिसहरुलाई काम गर्न प्रेरित गर्नुपर्ने बताइएको छ ।
तेस्रो चरणमा पब, होटलहरु, मनोरञ्जन केन्द्र र विश्रामस्थलहरु खुला गरिने भएको छ । – बीबीसी






