सरकारले कोरोनाबाट कसैको ज्यान जान दिँदैन – राष्ट्रपति भण्डारी

तामसालिङ खबर
३ जेष्ठ २०७७, शनिबार ०५:३९

जेठ ३, काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस शताब्दीकै ठूलो महामारीका रुपमा आएको बताएकी छन् । संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यसबाट बच्न स्वास्थ्य सेवालाई चुस्त बनाउनुपर्ने आवश्यकता देखिएको बताउकी छन् ।

कोरोनाबाट हुने आर्थिक क्षतिको पूर्तिलाई आउँदो दिनमा अन्वेषण गरेर पूरा गर्न सकिने बताइन् । यो महामारीबाट कसैको ज्यान जान नदिने उनले बताएकी छन् । राष्ट्रपति भण्डारीले कोभिड–१९ को संक्रमण रोकथाममा सरकार प्रभावकारी रहेको र थप कदम चाल्ने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालमा कानुनी शासन बलियो बन्दै गएको बताइन् । उनले भ्रष्टाचारीले उन्मुक्ति पाएका पाउने दिन गएको र यो सरकारले भ्रष्टाचार विरुद्धको कारबाही तीव्र बनाएको दाबी गरेकी छन् ।

‘कानुनी शासन स्थापित भएको छ । नागरिकले मौलिक हक अनुसारको सेवा सुविधा राज्यबाट पाएका छन्’, राष्ट्रपति भण्डारीले भनिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*