मृत्यु भएकी महिलाको गाउँमा सिल

तामसालिङ खबर
४ जेष्ठ २०७७, आईतवार ०८:३८

जेठ ४, मेलम्ची – धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँमा सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले बाह्रबिसे नगरपालिका वडा नम्बर ९ की २९ वर्षीय महिलाको कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित सङ्क्रमणलाई रोक्न उक्त गाउँ सिल गरिएको हो ।

सो नपाको वडा नं ९ तथा बलेफी गाउँपालिका वडा नं ८ र ९ सिल गरिएको छ । ती महिलाको माइती बलेफी–९ मा पर्ने हुँदा उक्त क्षेत्र पनि सिल गरिएको    हो । उक्त सिल गरिएका ठाउँबाट कोही कसैलाई बाहिर जान नदिने र अन्य कोहीलाई आउन पनि नदिइने भएको छ ।

सिल गरिएका ठाउँका स्थानीयलाई घर बाहिर निस्कन नदिइने र त्यसको व्यवस्थापन गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनासमेतलाई जिम्मा दिइएको छ । ती महिलाको सम्पर्कमा रहेका व्यक्तिलाई कन्ट्रयाक्ट ट्रेसिङ गरी पिसीआर परीक्षणका लागि क्वारेन्टाइनमा राखी स्वाब सङ्कलन गरिने समितिको बैठकले निर्णय गरेको छ । साथै बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्र पनि सिल गरिने भएको छ ।

ती महिला उपचारका लागि त्यहाँ गएको हुनाले उक्त केन्द्र सिल गरिने भएको हो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*