बागमती प्रदेशको बैठक आज बस्दै, बजेटका विषयमा छलफल हुने

तामसालिङ खबर
१२ जेष्ठ २०७७, सोमबार १०:२५

जेठ १२, हेटौडा – बागमती प्रदेशको बैठक आज सोमबार दिउँसो २ बजे बस्ने भएको छ । प्रदेश सभाको बैठकमा आजबाट बजेट सम्बधि छलफल हुने भएको छ ।

लकडाउनको समयमा प्रदेशका १३ जिल्लबाट प्रदेश सभाका सदस्यहरु बैठकमा भाग लिन हेटौडा आइसकेको छ । प्रदेश सभाका केही सांसदहरुले काठमाडौं र केहीले हेटौंडामा नै स्वाबको नमूना परिक्षणका लागि दिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

बजेट अधिवेशनमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त चिठ्ठि पढेर सुनाउने, त्यस्तै अधिवेशनको शुभकामना दिने र पूर्व बजेटको छलफलका लागि अर्थमन्त्री कैलाश प्रसाद ढुंगेलले आग्रह गर्ने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*