काठमाडौंमा स्वास्थ्यकर्मी नै कुटिए

तामसालिङ खबर
१४ जेष्ठ २०७७, बुधबार १८:२४

जेठ १४, काठमाडौं – कोरोना भाइरसको महामारीसँग लड्न आफ्नो ज्यानको प्रवाह नगरी अग्रस्थानमा रहेर काम गर्ने स्वास्थ्यकर्मी माथि नै हातपात भएको छ । नेपाल मेडिकल कलेज अत्तरखेलका दुई जना चिकित्सकमाथि बुधबार कुटपिट भएको हो ।

बिरामीको मृत्यु भएको विषयमा आफन्तले अस्पतालका डा. श्री श्रेष्ठ र डा. राकेश सिंहमाथि कुटपिट भएको अस्पतालको फोकल पर्सन डा‍ गुञ्जन खड्काले बताए । उनका अनुसार बुधबार बिहान ६ बजे काठमाडौं बेसिगाउँका एक दमको बिरामी अस्पताल ल्याइएको थियो ।

उपचारका क्रममा उनको मृत्यु भयो । ‘हामीले बिरामीको मृत्यु भएपछि कोभिड-१९ को आशंका गरेर सोधपुछ गरेका थियौं’ डा. खड्काले भने, ‘बिरामी मारेर कोभिडको आशंका गर्ने भन्दै मृतकका छोराले कुटे ।’ अस्पतालले उक्त घटनाको छानविन गर्न समिति बनाएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*