बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

तामसालिङ खबर
१४ जेष्ठ २०७७, बुधबार १८:१४

जेठ १४, हेटौंडा – बागमती प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले राखेका सवै संशोधन प्रस्ताव अस्वीकृत गर्दै प्रदेश सभाले बुधबार बहुमतले पारित गरेको हो ।

देश सभामा प्रदेश सभा सदस्य रमेश पौड्याल, निमा लामा, पुकार महर्जन, प्रभात तामाङ, राधा घले, रिता माझी, रिना गुरुङ र शोभा शाक्यले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । प्रदेश सभा सदस्य रमेश पौड्याल र रिना गुरुङले प्रदेश सरकारले सञ्चारगृह सञ्चालन गर्ने विषयमा संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो ।

यस्तै नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले सहभागिता जनाएका थिए । प्रदेश सभा सदस्यले छलफलका क्रममा प्रस्तुत गरेका विषयमा मुख्यमन्त्री डोरमणि पौडेलले सम्बोधन गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*