मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयमा आगलागी

तामसालिङ खबर
१५ जेष्ठ २०७७, बिहीबार १३:४३

जेठ १५, हेटौडा (कैलाश) – मकवानपुरको कैलाश गाउँपालिकाको कार्यालयमा विद्युत सट हुँदा पूर्ण रुपमा क्षति भएको छ । कैलाश गाउपालिका वडा नम्बर ३ कलिकाटार स्थित गाउपालिकाको प्रशासनिक भवन जलेर पूर्णरुपमा नष्ट भएको छ ।

प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरे पनि नसकेपछि कार्यालय जलेर ध्वस्त भएको छ । जिप्सन, प्लाइले बनेको १८ कोठे भवनमा सोलारको विद्युत प्रयोग गरिँदै आएको थियो । क्षतिको थप विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*