सरकारले अनलाइन सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन दिने
जेठ १५, काठमाडौँ – सरकारले अनलाइन सञ्चार माध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने भएको छ ।
आज आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त कुरा उल्लेख गरेका हुन् । यसअघिसम्म पत्रपत्रिका, रेडियो र टिभी जस्ता सञ्चार माध्यमहरुलाई मात्रै लोककल्याणकारी विज्ञापन दिइदै आएको थियो ।






