एक महिनादेखि कुवेतको सेल्टरमा ३ हजार बढी नेपाली अलपत्र

तामसालिङ खबर
१६ जेष्ठ २०७७, शुक्रबार १५:५३

कुवेत सरकारले दिएको आममाफीको कारण आफ्नो आवास छोडेर हिडेका ३ हजार ५ सय बढी नेपाली कामदार कुवेतका विभिन्न स्थानमा अलपत्र परेका छन् । कुवेत र इराकको सीमाना, जिलिव र फर्मानिया क्षेत्रका विभिन्न स्थानमा अलपत्र ३ हजार भन्दा बढी नेपाली कामदारहरु उद्धारकालागि नेपाल सरकारलाई गुहारी रहेका छन् ।

एक महिनादेखि नेपालफिर्तीको पर्खाइमा रहेका बाग्लुङका याम बहादुर कुमालले आफूहरुको अबस्था नाजुकबन्दै गएको तथा खान, शौचालय लगायतको समस्या भएको भन्दै उद्धारको लागि पहलगरिदिन विभिन्न संचार मध्यममार्फत नेपाल सरकारलाई हारगुहार गरिरहेको तर कसैले पनि आफूहरुको गुनासो नसुनेको बताए ।

अवैधानिक हैसियतमा रहेका उनीहरुलाई कुवेत सरकारले गतअप्रिल २६ देखि ३० सम्म स्वदेश फर्किनसक्ने सूचनाजारी गरेपछि आफुहरुले गर्दै आएको काम र क्याम्प छोडेर स्वदेश फर्किने प्रकृयामा सहभागी भएको कुमालले बताए ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अवैध आप्रवासी कामदारलाई स्वदेश फर्काउन कुवेत सरकारले जरिवाना समेत मिनाहा गरी आममाफी दिएको    हो । अवैध आप्रवासी कामदारलाई स्वदेश पुग्ने हवाई भाडा समेत तिरिदिने निर्णय गरेको कुवेत सरकारले गरेको छ।

यता, कुवेतस्थित नेपाली दूताबास र एनआरएनएले पनि आफूहरुको गुनासो नसुनेको भन्दै उद्धार र आफूहरुको अबस्थाबारे नेपाल सरकार समक्ष पुर्याई दिन कुमालले अनुरोध गरेका छन् । सेल्टरमा रहेका केही नेपाली बिरामी भएको जनाउँदै चाडो भन्दा चाडो उद्दार गर्न नेपाल सरकारलाई आग्रह गरेका   छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*