दुर्लभ सालकको खपडा सहित ३ जना पक्राउ
जेठ २३, हेटौंडा – दुर्लभ वन्यजन्तु सालकको खपडा सहित मकवानपुरबाट ३ जना पक्राउ परेका छन् ।
बिहिबार दिउँसो विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको टोलिले मनहरी गाउँपालिका वडा नम्बर ७ स्थितमा ६५० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपडा कारोवार भईरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालका वडा नंबर १२ बस्ने वर्ष ३२ को लाल सिं बोम्जन, मनहरी गाउँपालिका वडा नंबर ७ बस्ने बस्ने वर्ष ३९ को अबमिकल घलान र चितवनको राप्ती नगरपालिका वडा नंबर ७ बस्ने बर्ष ५५ को बधुवा चौधरी रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
वन्यजन्तु सालकको खपडा सहित पक्राउ परेका ३ जनालाई आवस्यक कारवाहिको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको छ ।






